नेकपा एसले ग¥यो झापाका चार जना नेतालाई कारवाही

दमक,३ साउन । नेकपा (एकीकृत समाजवादी) झापाले दमक क्षेत्रका चार जना नेतालाई पार्टी साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।
पार्टी जिल्ला अध्यक्ष बेदराज रेग्मीले आज प्रेस विज्ञप्ति जारी गरी पार्टीका पूर्व केन्द्रिय परिषद सदस्यद्धय राजेन्द्र दाहाल र मणीकुमार भण्डारी तथा निवर्तमान दमक नगर कमिटी अध्यक्ष रोशन भण्डारी र पूर्व अध्यक्ष महेश घिमिरेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरिएको उल्लेख गरेका छन्।

पार्टीको हालै सम्पन्न १० औ राष्ट्रिय महाधिबेशन पछि दमकमा छुट्टै गुट निर्माण गरि पार्टीका संगठीत सदस्यहरुलाई विभिन्न प्रलोभन देखाएर आफनो व्यक्तिगत स्वार्थमा लिप्त भएको लगायतका पार्टी हित विपरीत गतिविधि गरेको पाईएपछि आजकै मितिदेखि साधारण सदस्य समेत नरहने गरि कारवाही गरिएको अध्यक्ष रेग्मीले जनाएका छन् ।
जारी प्रेस विज्ञप्तीमा उल्लेखित जिम्मेवार नेताहरु पछिल्लो समय पार्टीका गतिबिधिहरुमा सहभागिता नजनाई पार्टी हित विपरित गतिबिधिहरुमा संलग्न रहेको बिषयमा पार्टी भित्र गम्भिर समिक्षा भएको समेत उल्लेख छ ।
एकीकृत समाजवादी पार्टीबाट निष्काशनमा परेका नेताहरु केही आफ्ना परिवारका सदस्यहरु तथा शुभेच्छुक कार्यकर्ताहरुसहित भोलि मंगलबार दमकमा एक औपचारिक कार्यक्रमबीच नेकपा एमालेमा प्रवेश गर्ने चर्चा भइरहेका बेला नेकपा एकीकृत समाजवादीको जिल्ला नेतृत्वले त्यस्तो कदम चालेको हो । सो पार्टीको दमक नगर कमिटी भने हालै पुराना कम्युनिष्ट नेता हरिप्रसाद नेपालको अध्यक्षतामा पुनर्गठन भएको समाचार बाहिर आएको थियो ।

Leave a Reply

Your email address will not be published.