श्रीमानद्वारा श्रीमतीमाथि खुकुरी प्रहार

उर्लाबारी, ३ भदौ । आफनै श्रीमानको खुकुरी प्रहारबाट मोरङमा श्रीमती घाइते भएका छन् । मोरङको कानेपोखरी –७ का ३३ वर्षीय हिराधन तामाङले खुकुरी प्रहार गर्दा ३० वर्षीया श्रीमती कविता घाइते भएकी हुन् ।

अस्थायी प्रहरी चौकी कानेपोखरीका प्रहरी सहायक निरीक्षक राजेशकुमार श्रेष्ठका अनुसार आइतबार राती १० बजे हिराधनले मादक पदार्थ सेवन गरी श्रीमतीलाई मार्ने उद्देश्यले खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट कविताका दुबै हातका हत्केलामा गहिरो चोट लागेको छ । कविताका हाल विराटनगरस्थित नोवेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । कविताले खुकुरी रोक्ने क्रममा हातमा गहिरो चोट लागेको इन्चार्ज श्रेष्ठको भनाइ छ ।

छिमेकीहरूका अनुसार झण्डै ११ वर्ष मलेशिया बसेर ६ महिना अघि घर फर्केका तामाङ दम्पत्ती वीच यस अघि पनि सामान्य झगडा भइरहन्थ्यो ।

श्रीमतीलाई खुकुरी प्रहार गरी भागेका तामाङलाई राती नै पक्राउ गरी इलाका प्रहरी कार्यालय पठाइएको प्रहरी चौकीका प्रुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुहरी सहायक निरीक्षक श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published.