पहिलो पाइला नेपालको नयाँ नेतृत्व,अध्यक्षमा निरौला

दमक,१ भदौं । सामाजिक गतिबिधिमा सक्रिय संस्था पहिलो पाइला नेपाल दमक शाखाको नयाँ नेतृत्व ले सम्हालेका छन् ।संस्थाको शनिबार सम्पन्न सस्थाको चौथो साधारण सभाले गोविन्द (राजु )निरौलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
संस्था स्थापनाकालदेखिनै निरन्तर विभिन्न जिम्मेवारी सम्हाल्दै आएका उनी दुई बर्षे कार्यकालका लागि अध्यक्ष चुनिएका हुन् ।सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा लवराज खड्का, सचिवमा सञ्जु निरौला, सहसचिवमा प्रविण सापकोटा र कोषाध्यक्षमा विनोद अधिकारी र सहकोषाध्यक्षमा सोनु चौधरी तथा सदस्यहरुमा रोशन अधिकारी, राजन रिजाल लगायत चुनिएका छन् ।
दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका संस्थाका सल्लाहकार राजु खड्काको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले निर्वाचन सम्पन्न गर्न पूर्व अध्यक्ष मेघनाथ फुयाँल र सल्लाहकार गणेश प्रधानसहितको ३ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published.