परियार सेवा समाजको नेतृत्व चयन, अध्यक्षमा पुनः भोला

झापा, १ भदौ । परियार सेवा समाज झापाको अध्यक्षमा पुनः भोला परियार सर्वसम्मत चयन भएका छन् ।झापाको दुर्गापुरस्थित दलित सामुदायिक भवनमा सम्पन्न तेश्रो जिल्ला अधिवेशनले गठित कार्यसमितिको उपाध्यक्षमा वीर बहादुर दर्नाल, महिला उपाध्यक्षमा दिलमाया दास, सचिवमा रञ्जित परियार, सहसचिवमा प्रदीप परियार र कोषाध्यक्षमा संगिता शिवा सर्वसम्मत चयन भएका छन्।
सदस्यहरुमा सावित्रा बर्देवा, पदम प्रसाद बर्देवा,केदार शिवा, चन्द्रकला कार्कीढोली, सुरजभक्त परियार, सुवास तिखत्री, चन्द्र बर्देवा, जीवन दर्नाल, धनकुमार नेपाली, विनोद दर्नाल, सपना परियार, अञ्जु शिवा, जीवन ठटाल, हिरा परियार,रुद्र भित्रिकोटी,एकता कार्कीढोली र चन्द्रा कार्कीढोली रहेका छन् ।
अधिवेशनको बन्दसत्रले टिकाराम शिवा संरक्षक र रमेश त्रिखत्री, लालबहादुर चाहार, गजेन्द्र नेपाली, कृष्ण कनाल, रुद्र बागदास, भुपाल परियार रहेका्े एक सल्लाहकार समितिमा गठन गरिएको छ। त्यस्तै, अधिवेशनले केन्द्रीय प्रतिनिधि कल्पना दर्नाल, पोशक दर्जी, प्रदेश प्रतिनिधि कैलास नेपाली, ध्रुव कनाल, पदम प्रसाद दर्नाल, रिता ठटाल शिवा चयन गरेको छ भने थप प्रतिनिधि भने कायसमितिले चयन गर्ने निर्वाचन समितिका संयोजक हस्त परियारले जानकारी दिए।
पाँच अग्रजलाई सम्मान
परियार सेवा समाजको तेस्रो अधिवेशनमा विभिन्न क्षेत्रमा योगदान गरिरहेका पाँच जना परियार समाजका व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । सहकारीकर्मी पोशक मोते, जनप्रतिनिधि तथा महिला नेतृ सावित्रा बर्देवा, पूर्वशिक्षक गजेन्द्र नेपाली, महिला अटोमेकानिक्स तथा नेतृ निर्मला परियार र सन्चार क्षेत्रमा लामो समय कार्य गरेका जुनकीरी आधारभूत बिद्यालका प्रधानाध्यापक रञ्जित परियारलाई सम्मान गरिएको हो ।

Leave a Reply

Your email address will not be published.