दमक,२९ साउन ।जिल्लाको कमलस्थित लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आसन्न निर्वाचनमा नेकपा एमालेसहितका तीन वटा राजनीतिक दलको समूहले आफनो उम्मेवारी घोषणा गरेको छ ।
साझा निर्वाचन परिचालन समितिले आज एक कार्यक्रम गरि अध्यक्षमा डम्बरवहादुर निरौलासहित कार्यसमिति र लेखा समितिको उम्मेदवारहरु सार्वजनिक गरेका हुन् । सो गठबन्धनमा एमाले,राप्रपा र जसपा नेपाल संलग्न छन् ।निरौला कमल ५ का पूर्व वडाध्यक्ष समेत हुन् ।
उक्त गठबन्धनबाट अध्यक्षमा एमालेका निरौला, उपाध्यक्षमा राप्रपाका गंगाराम पाण्डे, सचिवमा एमालेका हरिप्रसान घिमिरे र सहसचिवमा जसपाका दिवाकर राई उम्मेदवार भएका छन् । यसैगरि , क्षेत्र न. १ बाट पुरुष सदस्यमा एम्बी तामाङ,महिलामा जानुका विष्ट, क्षेत्र न २ बाट पुरुषमा इश्वर बुढाथोकी , सृजना ढकाल दाहाल, क्षेत्र न. ३ बाट निरवहादुर श्रेष्ठ, क्षेत्र न. ४ बाट बासुदेव चापागाई र तिलमाया कार्की र क्षेत्र न. ५ बाट नारायण निरौला र रामकुमारी कुरुम्बाङ उम्मेदवार भएको जनाएका छन् ।
यसैगरि, लेखा समितिको संयोजकमा पशुपति कुमार धिताल, देउप्रकाश राई र सावित्रा बस्नेत सदस्यमा उम्मेदवार भएको घोषणा गरिएको छ ।
यता , नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्रले संयुक्त गठबन्धन बनाएर निर्वाचनमा जाने तयारी अन्तिम चरणमा पुरयाँएको जनाएका छन् । सो गठबन्धनबाट कांग्रेसका राजकुमार न्यौपाने अध्यक्षका उम्मेदवार बन्ने लगभग सहमति भएको बुझिएको छ ।