दमक,२७ साउन । झपाको कमल गाउँपालिकामा लिम्बू-याक्थुङ् भाषा सम्बन्धी सातदिने अनौपचारिक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।
किरात के चुम्लुङ नामक संस्थाको आयोजनामा कमल ४ स्थित किरात चौंकमा २० साउनदेखि २६ साउनसम्म भएको सो प्रशिक्षण कार्यक्रममा स्थानीय लिम्बू तथा गैरलिम्बू गरि १८ जनाले सहभागिता जनाएका थिए । प्रशिक्षण कार्यक्रममा लिम्बू भाषिक अभियन्ता समेत रहेका किरात याक्थुङ चुम्लुङ झापाका जिल्ला अध्यक्ष सेसेहाङ फियाकले सहजीकरण गरेका थिए ।
नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद कमलका अध्यक्ष वदी साम्पाङ राईको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा किरात याक्थुङ चुम्लुङ झापाका सल्लाहकार सूर्य यक्पान्देन, प्रशिक्षक फियाक, चुम्लुङका संरक्षक सदस्य नरेनहाङ लिम्बू, कियाचु कमल गाउँ शाखा अध्यक्ष दिवस लिम्बू, किरात राई यायोख्खा कमल शाखाकी उपाध्यक्ष सेलिना राई, कियाचु कमल शाखा सल्लाहकार विरेन्द्र याक्थुङबा, कियाचुका आजीवन सदस्य बसन्तराज योङहाङ, कियाचु कमल–३ का अध्यक्ष हिमाल लेछर्वो लगायत प्रशिक्षार्थीहरू सुनिता लक्सम, सुमन केरूङ, रिस्ना लावती, विष्णु बेघा लगायतले भाषाको महत्व माथि चर्चा गरेका थिए । त्यस्तै, प्रशिक्षणमा सहभागि मध्ये सुनिता लक्सम र सुमन केरुङ क्रमशः पहिलो र दोस्रो भएका थिए ।
किरात के चुम्लुङका अध्यक्ष लक्ष्मीप्रसाद बेघाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा चुम्लुङकी उपाध्यक्ष जमुना केरूङले स्वागत मन्तव्य राखिन् भने सचिव राधिका केरूङ नेम्बाङले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।