दमक तेक्वान्दो डोजाङद्धारा खेलाडीहरुको ग्रेडिङ

दमक ,१९ साउन । दमक तेक्वान्दो डोजाङले आज यहाँ खेलाडीहरुको ग्रेडिङ कार्य सम्पन्न गरेको छ । दमक ५ स्थित सर्वोदय अंग्रेजी बोर्डिङ स्कूलमा पहिलोपटक खेलाडीहरुको ग्रेडिङ कार्य सम्पन्न गरेको अध्यक्ष जितु धिमालले बताए ।
उनका अनुसार खेलाडीहरुको क्षमतालाई थप प्रोत्साहित गर्न संस्थाले पहिलोपटक ग्रेडिङ गरिएको हो ।

तालिममा सहभागि खेलाडीहरुका लागि हरेक ३ महिनामा यसकिसिमको ग्रेडिङ गरिदैआएको उनले बताए । ग्रेडिङमा विभिन्न विद्यालयबाट सहभागि हुदैआएका व्हेट वेल्टका १३ , वेल्लोका १०, हाफ ग्रिनका ४ , ग्रीनका ९ ,व्लुहाफका ७ र व्लु वेल्टका २ जना खेलाडीले सहभागिता जनाएका छन् । केहि महिना अघि मात्र स्थापना गरिएको डोजाङले सर्वोदयसहित मदरल्याण्ड, हिमज्योति , एकता एकाडेमीमा तेक्वान्दो प्रशिक्षण सञ्चालन गरिआएको छ । ग्रेडिङमा खेलाडीहरुले आफना प्रतिभाहरु समेत प्रर्दशन गरेका थिए ।

सोहि अवसरमा डोजाङमा आवद्ध भई प्रशिक्षण प्रदान गरिआएका दुई जना व्लाक बेल्ट बन्न सफल भएका आयुस धिमाल र कपिल धिमाललाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । द्धय खेलाडीलाई दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले प्रमाणपत्र हस्तान्तरण गरिन्।
सोहि अवसरमा डोजाङले दमकमा यहि भदौ दोश्रो साता अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिताको आयोजना गरिने तयारी गरिएको उनले जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा उपप्रमुख प्रसाई, राखेपका प्रशिक्षक जितेन मेचे, डोजाङका उपाध्यक्ष नवीन योगी ,पत्रकारहरु गिरीराज भटटराई ,विष्णु सुब्बा,अनिलदेव राई,डोजाङका प्रशिक्षकहरु ,खेलाडी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

डोजाङले यसअघि संस्थाको आयस्रोत जुटाउन दमक ३ का गोलाटारमा ३ विगाहाबढी जमीनमा धान रोपाई गरेका छन् । धानबाट आम्दानी हुने रकमलाई खेलाडीहरुको हितका लागि खर्च गरिने निर्णय भएको डोजाङका सदस्य संगम राईले बताए । डोजाङ आफै स्वालम्बी बन्न यस किसिमको आयमुलक कार्यक्रम शुरुवात गरिएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published.