ट्रकको ठक्करबाट साईकलयात्री श्रेष्ठको मृत्यु

इटहरी,१८ साउन । सुनसरीको इटहरी चोकमा शुक्रबार ट्रकले साईकललाई ठक्कर दिँदा भोजपुरका एक ब्यक्तिको मृत्यु भएको छ।

प्रदेश १–०२–००१ ख ९२९४ नम्बरको ट्रकको ठक्करबाट भोजपुरको षडानन्द नगरपालिका–१४ का ४२ वर्षीय रामचन्द्र श्रेष्ठको मृत्यु भएको हो।

पश्चिमतिर जाँदै गरेको साइकललाई सोही दिशामा जाँदै गरेको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए। प्रहरीले ठक्कर दिने सवारी र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटनाका बारे थप अनुसन्धान अघि बढाईएको डिएसपी भण्डारीले बताए ।

Leave a Reply

Your email address will not be published.