अर्जुनधारामा एक व्यक्ति खेतमा मृत भेटिए

बिर्तामोड, ९साउन । झापाको अर्जुनधारामा एकजना पुरुष आज विहान मृत अवस्थामा भेटिएका छन् ।अर्जुनधारा नगरपालिका वडा नम्बर १ स्थित होम अधिकारीको घरपछाडि खेतमा डुबेको अवस्थामा ती पुरुषको शव भेटिएको हो ।

हातमा टाटु भएका ती पुरुषको उमेर अन्दाजी ४० वर्षजस्तो देखिएको अर्जुनधारा १ का वडा अध्यक्ष उपेन्द्र बस्नेतले जानकारी दिए । मृतकको पहिचान खुल्न सकेको छैन् । प्रहरीले बिहान ७.३० बजेतिर घटनाको खबर प्राप्त भए लगत्तै अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।

Leave a Reply

Your email address will not be published.