उपमेयर भट्टराई कतारमा सम्मानित

दमक,३ साउन । झापाली समाज कतारले दमक नगरपालिकाकी उपमेयर रेगिना भट्टराई प्रसाईंलाई सम्मान गरेको छ । कतार भ्रमणमा रहेकी उपमेयर भट्टराईलाई बुधबार कतारको दोहास्थत लालीगुराँस रेस्टुरेन्टमा एक कार्यक्रमका वीच सम्मान गरेको हो ।
कतारमा रहेका झापालीहरुको सामाजिक संस्था उक्त समाजले उपमेयर भट्टराईलाई सम्मान स्वरुप खादा माला साथै सम्मानपत्र हस्तान्तरण गरेको थियो । विदेशमा अवस्थित झापालीहरुको यस संस्था र आफना जिल्लाका स्थानीय सरकारवीच सम्बन्धलाई थप सुढृण तुल्याउँन उद्देश्यले त्यस्तो सम्मान प्रदान गरिएको समाजका कार्यबाहक अध्यक्ष तिलक सिलवालले बताए ।
समाजका उपाध्यक्ष चानीलाल राजवंशीले स्वागत गरेका कार्यक्रममा समाजका प्रमुख सल्लाहकार भवानी कोइराला, सल्लाहकार राजन कार्कीलगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा ४० जनाभन्दा बढी झापालीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.