झापा,१९ असार । चालु आर्थिक वर्षमा झापामा भएका विपतजन्य घटनामा परेर १५ जनाको मृत्यु भएको छ । हावाहुरी, चट्याङ, आगलागी र बाढीको चपेटामा परेर उनीहरुले ज्यान गुमाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णबहादुर चन्दले मानवीय बाहेक प्राकृतिक विपत्तिका घटनामा १३ करोड ७२ लाख रुपैयाँ बराबरको क्षति भएको बताए ।प्रहरीका अनुसार बाढीबाट नौ जनाको मृत्यु भएको छ भने आगलागीमा तीनजनाले ज्यान गुमाएका छन् । चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ ।
करिब एक वर्षको यो अवधिमा सबैभन्दा बढी क्षति हावाहुरीबाट भएको छ । २ करोड ७६ लाख बराबरको क्षति हावाहुरीबाट भएको प्रहरीले जनाएको हो ।