दुर्घटनामा घाईते आचार्यको मृत्यु

दमक, १६ असार । झापाको कमल गाउँपालिका -५ स्थित सावित्रा चोकमा भएको मोटरसाईकल दुर्घटनामा परि घाईतेको उपचारका क्रममा मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्गको केर्खाबाट दमकतर्फ आउदै गरेको प्र.१–०१–०१४ प ८९१४ नम्बरको मोटरसाईकलले बाटोमा रहेको कुकुरलाई ठक्कर दिएर भएको दुर्घटनामा घाईते भएका शिवसताक्षी नगरपालिका वडा नं २ का ४० बर्षिय नविन आचार्यको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
गत शुक्रबार साँझ साढे ७ बजे भएको दुर्घटनामा मोटरसाईकल चालक शिवसताक्षी २ का २६ बर्षिय पदमबहादुर पौडेलको भने दमकको निम्स अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.