आदिबासी जनजाति महासंघमा झापाबाट चार जना चुनिए

दमक ,१४ असार । नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ केन्द्रीय समितिमा झापाबाट चार जना चुनिएका छन् ।असार ११ र १२ गते काठमाडौमा सप्पन्न महासंघको प्रथम केन्द्रीय महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा दमकका बिश्वदिप लिङ्देन ,सहमहामन्त्रीमा दमककै तेजबहादुर धिमाल र केन्द्रीय सदस्यमा पदम लिम्बू र शिला तामाङ निवाचित छन् । यसमध्ये लिङ्देन संविधानसभा सदस्य तथा कांग्रेस महासमिति सदस्य हुन् ।
महाधिबेशनले ओम घर्तिमगरको अध्यक्षतामा जनजाति महासंघको केन्द्रीय समिति निर्विरोध चयन गरेको थियो । महासंघको केन्द्रीय उपाध्यक्षहरुमा युवराज गुरुङ, मोहन छन्त्याल ,महामन्त्रीमा जगत बाराम, रामजी कोङगेन लगायत चुनिएका छन् भने कोशी प्रदेश कलष्टरबाट प्रतीक्षा राई ,लोक समाल मगर ,टेकबहादुर गुरुङ र खुल्ला तर्फबाट केदार गुरुङ ,धनकुमारी मगर ,सुनीताकुमारी उराँव, खिम तामाङ ,पासाङ शेर्पा,सुवास लिम्बू र भगिमान गुरुङ चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published.