दमक ,४ असार । दमक -६ मा रहेको शिखा बचत तथा ऋण सहकारी संस्थाले आफनो १३ औ बार्षिकोत्सवका अवसरमा रक्तदानसहित फोहोरमैला व्यवस्थापनका लागि डस्विन बितरण गरेको छ ।
संस्थाका अध्यक्ष तेजकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दमक ६ का वार्डअध्यक्ष टेकबहादुर थापाको प्रमुख अतिथ्यतामा बार्षिकोत्सवका अवसरमा आयोजित रक्तदानमा ५० पिन्ट रगत संकलन गर्नुका साथै १ दर्जन डस्विन वितरण गरिएको व्यवस्थापक तुलसी राजवंशीले बताए ।
संस्थाले बर्षेनी आफनो बार्षिकोत्सवमा रक्तदानसहित मानवीय तथा सामाजिक कार्यहरु गरिआएको छ । रक्तदानमा संस्थाका सञ्चालक समिति,कर्मचारी,शेयर सदस्यहरुले रगत दिएका थिए । सो अवसरमा रक्तदाताहरुलाई मायाको चिनोसमेत वितरण गरिएको सचिब तिर्थ राईले बताए ।
रक्तदानसहित दमकलाई स्वच्छ र सफा राख्न सहयोग पुरयाँउने हेतुले स्नायीय टोल विकास संस्थालाई १२ थान डस्विन प्रदान गरिएको थियो ।