दादुरा -रूबेला खोप अभियान संचालन सम्बन्धि गोष्ठी

पथरी शनिश्चरे, २६ फागुन ।दादुरा -रूबेला खोप अभियान २०८० र नियमित खोप अभियान संचालन सम्बन्धि मोरङको पथरीमा गोष्ठी सम्पन्न भएको छ।आज शनिबार मोरङको पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा दादुरा -रूबेला खोप अभियानको प्रभावकारी संचालन गर्ने बारे गोष्ठी भएको हो।
पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा आयोजित गोष्ठीमा मोरङमा दादुरा -रूबेला रोग विरूद्ध खोप यहि फागुन २९ गतेदेखि ०७ गतेसम्म संचालन हुने जानकारी दिईएको थियो।
अभियान संचालन तथा व्यवस्थापन र नियमित खोप सुदृढीकरणका साथै पूर्ण खोप सुनिश्चितता सम्बन्धी पालिका स्तरीय खोप समन्वय समितिहरूका पदाधिकारीहरूलाई अभिमुखीकरण कार्यक्रम संचालन गरिएको थियो। दादुरा( रूबेला खोप अभियान २०८० अन्तर्गत यही फागुन (२९ गतेदेखि चैत्र ०७ गतेसम्म ९ महिना देखि१५ वर्ष मुनिका बाल बालिकाहरुलाई खोप अभियान सुरु हुँदैछ।
प्रदेश स्वास्थ्य विशेषज्ञ भरत भण्डारीले सहजीकरण गरेको सो गोष्ठीमा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्ले, स्वास्थ्य शाखाका प्रमुख मुरारीप्रसाद आचार्य, पथरी शनिश्चरे नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी , संघसंस्थाहरूका प्रतिनिधि , संचारकर्मी, लगायतको उपस्थिति रहेको थियो।
पछिल्लो तथ्यांकअनुसार पहिलो खोप लगाएर पथरी शनिश्चरे नगरमा गत वर्ष १सय २४ जना बाल बालिकाहरु दादुरा खोप लगाउने छुटेका छन् भने पूर्ण खोप लगाउने बालबालिकाहरूको संख्या ७० प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published.