दमक,२० फागुन । ब्राह्मण समाज नेपाल झापाको चौथो जिल्ला अधिवेशनले भुपेन्द्र न्यौपानेको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति चयन गर्दै शनिवार दमकमा सम्पन्न भएको छ ।सर्वसम्मत निर्वाचित समितिको जिल्ला उपाध्यक्षमा भेषराज दाहाल, सचिबमा भुबन ढकाल, सहसचिबमा हरि तिवारी र कोषाध्यक्षमा बिप्लब दंगाल चुनिएका छन्। यसैगरी जिल्ला सदस्यहरु बिजय बराल, ठाकुर हरि पोख्रेल, राजकुमार दाहाल, शान्तिराम घिमिरे ,भिमा न्यौपाने, निर्मला भण्डारी न्यौपाने, तिलप्रसाद अधिकारी, पंकज दाहाल, सुजन गौतम, बिनोद खरेल, रमा भट्टराई पोख्रेल, होमनाथ न्यौपाने, पर्शुराम दाहाल र भावना न्यौपाने रहेका छ्न् ।
ब्राह्मण समाज नेपालका केन्द्रिय बरिष्ठ उपाध्यक्ष बासुदेब भट्टराईको प्रमुख आतिथ्यतामा दमकमा सम्पन्न अधिवेशनमा समाजका केन्द्रिय उपाध्यक्ष डिल्लिराम उप्रेति, केन्द्रिय सदस्य योगराज दंगाल लगायतको उपस्थिति रहेको थियो ।