बिर्तामोड, १४ फागुन । ट्रयाक्टरको ठक्करबाट झापाको कनकाई नगरपालिका ८ स्थित लक्ष्मीपुर– घैलाडुब्बा सडक खण्डमा आज साँझ एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा सोहि ठाउँका अन्दाजी ४५ वर्षीय सागर मिश्र रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार आज साँझ ६.३० वजे कनकाई नगरपालिका ८ खाडीबस्तीमा घैलाडुब्बाबाट लक्ष्मीपुरतर्फ जाँदैगरेको मे १ त ११५१ नम्बरको ट्रयाक्टरले बिपरित दिशाबाट आउँदैगरेको प्रदेश १–०१–०१३ प २५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मिश्रलाई उपचारका लागि बीएण्डसी अस्पताल लैजाँदा बाटोमै मृत्यु भइसकेको थियो । ट्रयाक्टर र ट्याक्टर चालक बिर्तामोड ४ बस्ने ५७ वर्षीय कृष्णप्रसाद सुवेदीलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुडिराज गिरीले बताए।