दुर्गाले दिईन् इन्द्रेणीताललाई बेन्च

दमक,२९ पुस । दमक १० मा रहेको पर्यटकीय सिमसार क्षेत्र इन्द्रेणी तालमा एक दाताले बस्ने तीन थान बेन्च सहयोग गरेका छ्न् ।दमक- ९ निवासी की सामाजिक अगुवा दुर्गा काफ्लेले आफ्ना स्वर्गीय श्रीमान मुकुन्द प्रसाद उपाध्याय काफ्लेको स्मृतिमा शनिवार तीन थान फलामका बेन्च हस्तान्तरण गरेकी छ्न् ।

सो सामाग्री ताल ब्याबस्थापन समितिका अध्यक्ष घनश्याम खनाललाई काफ्लेले हस्तान्तरण गरेकी हुन् । दुर्गाले आफ्ना पति मुकुन्दको स्मृतिमा ताल परिसरमा २ थान र नजिकैको राधा कृष्ण मन्दिरलाई पनि एक थान फलामे बेन्च उपलब्ध गराएकी छ्न् ।पूर्व शिक्षिका समेत रहेकी काफ्लेले आफ्ना स्वर्गीय पितृहरुको स्मृतिमा आगामी दिनमा पनि यस ताल क्षेत्रको बिकासका लागि आफुले सक्दो सहयोग गर्ने जनाएकी छ्न् ।

यसैगरि सोही अवसरमा आफ्ना स्वर्गीय ज्वाई जनार्दन पौडेलको स्मृतिमा माधव भट्टराई र मेनुका भट्टराईले पनि राधाकृष्ण मन्दिरलाई एक थान फलामे बेन्च प्रदान गरेका छन् ।यसअघि पनि दमक १० निवासी स्वर्गीय ज्ञान बहादुर राईको स्मृतिमा उनका परिवारले सर्वसाधारणलाई बस्नका लागि सहज होस भन्ने उद्देश्यले २ थान फलामे बेन्च ताल समितिलाई प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published.