दमक, २७ पुस । झापाका फोटो तथा भिडियो ब्यवसायी संघहरुको भेलाले व्यवसायिक हकहितका लागि कार्यसमिति गठन गरेका छन् ।मोरङ्गको पथरी शनिश्चरेस्थित भुल्के सिमसारमा भएको बनभोजसहितको भेलाले दमकका फोटो भिडियो ब्यवसायी लक्ष्मीकुमार श्रेष्ठको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरेको हो ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षद्धयमा विरेन्द्र तिवारी,पुजन खवास (पदम) ,सचिवमा सविन चाम्लिङ्ग, सहसचिवमा देवेन्द्र खरेल र कोषध्यक्षमा राजेन्द्र प्रसाद वस्ती चयन भएका छन् । कार्यसमितिको सदस्यहरुमा सुशिला ढुङ्गना,लोकेन्द्र अधिकारी, लिला कटेल,आकृति गुरुङ्ग र प्रवेश भट्टराई चयन भएको दमकका व्यवसायी विदुर भण्डारीले बताए ।
यसअघि सम्म फोटो भिडियो ब्यवसायी संघ माईपश्चिम समिति रहेकोमा आजको भेलाले झापा भरिका ब्यवसायीहरुलाई समेटेर माईपश्चिम समितिलाई जिल्लामा गाभेर जिल्ला तदर्थ समिति गठन गरिएको उनले जनाए ।
नवगठित समितिले चाँडै जिल्ला प्रशासन कार्यालय झापामा संस्था दर्ता गरि गतिविधिहरुलाई तीव्रता दिने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले प्रतिवद्धता ब्यक्त गरे । भेलाले फोटो महल दमकका सञ्चालक विनोद भण्डारीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकार समितिको सदस्यहरुमा कमल पाण्डे,हरि बोहोरा, रिना सुवेदी र राजेन्द्र दाहाल रहेका छन् ।