असफलले सुरालीमै गरे श्रीमतीको हत्या

झापा , २७ पुस । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा गएराति श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।तुम्वेवा–४ घर भएका असफल कुरुम्बाङले ससुरालीमा आएर खुकुरी प्रहार गर्दा ३५ वर्षीया श्रीमती गोमा फियाकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुश्वाहाले जानकारी दिए । खुकुरी हतियार प्रहार हुँदा छिमेकी महेन्द्र श्रेष्ठ र गोमाकी आमा कान्छीमाया फियाक घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि दमकतर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

राति ८ बजे घरायसी विवाद ससुराली घरमा मिलाउन छलफल भइरहेका बखत कुरुम्बाङले श्रीमती, सासु र छिमेकीलाई हतियार प्रहार गरेका थिए । विवादको विषय भने खुल्न बाँकी रहेको छ । कुरुम्बाङ घटनापछि फरार रहेकाले खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।२०७६ जेठ ५ गते मिक्लाजुङ–३ आरुबोटेमै एक व्यक्तिले ९ जनालाई खुकुरी प्रहार गरेर हत्या गरेका थिए ।

Leave a Reply

Your email address will not be published.