दमक,२६ पुस । झापाको कमल गाउँपालिका ५ स्थित मंगलमय माध्यमिक बिद्यालयले ५२ औं बार्षिकोत्सब तथा अभिभावक दिवसको अवसर पारेर आज आयोजित रक्तदानमा ३५ पिन्ट रगत संकलन भएको छ ।बिद्यालयमा रहेको युवा रेडक्रस सर्कलको आयोजना तथा आफनै विद्यालय परिषरमा आज भएको रक्तदान कार्यक्रममा ३५ जना रगतदान गरेका छन् ।कार्यक्रममा १० महिलासहित कूल ३५ जनाले रगतदान गरेका बिद्यालयका पूर्व प्रधानाध्यापक शिक्षक ओम खनालले जानकारी दिए ।
सो अवसरमा बिद्यालका शिक्षक ओमप्रकाश गौतमले ४५ ओ पटक रक्तदान गरेका थिए । बिद्यालयका प्रधानाध्यापक मोहनकुमार बगालेले बिगत बर्षदेखि बिद्यालयको बार्षिकोत्सबको अवसरमा गरिदै आएको रक्तदान कार्यक्रमलाई दिइदैआएको बताए।
कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिर्थ बहादुर थापाको अध्यक्षतामा भएको थियो भने बिद्यालय ब्यबस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु,शिक्षक शिक्षिकाहरु,युवा रेडक्रस सर्कलका सदस्यहरुको उपस्थिति रहेको थियो ।