डिपीएलको राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा

दमक ,२५ पुस । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले दमकमा स्थापना गरिएको डाईनामिक पब्लिक लाईब्रेरी नेपाल (डिपीएल )को यहि पुस २८ मा हुने चौथो राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
डिपीएल राष्ट्रिय समितिले आज दमकमा पत्रकार सम्मेलन गरेर संस्थाको झापाको कमल गाउँपालिकामा हुने चौथो राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।
राष्ट्रिय महाधिवेशन डिपीएल कमल शाखाको आतिथ्यतामा हुने र महाधिबेशनमा सहभागि हुन लागेका प्रतिनिधि,पर्यवेक्षकहरु आउने क्रम जारी रहेको डिपीएलका वरिष्ठ उपाध्यक्ष समेत रहेका महानिर्देशक वालकृष्ण कार्कीले बताए ।
उनका अनुसार महाधिबेशन कमल गाउँपालिका ५ पाडाजुगीस्थित रोड स्टार पार्टी प्यालेसमा हुने छ । महाधिबेशनमा देशभरि डिपीएलका विभिन्न १० वटा शाखाबाट करिव एक हजारका हाराहारीमा प्रतिनिधि,पर्यवेक्षकहरुको सहभागिता रहने छ ।
महाधिवेशन सफल बनाउन अतिथि सत्कार ,प्रचार प्रसार , स्टेज ब्यवस्थापन लगायतका विभिन्न उपसमितिले तयारीका काम गरिरहेको जनाएको छ ।पत्रकार सम्मेलनमा डिपीएल कमल शाखाका अध्यक्ष जीवन सापकोटाले स्वागत मन्तव्य राखेका थिए । महाधिबेशनको उद्घाटन सत्र,उद्यमशीलता बहस ,पुस्तक प्रर्दशनी र नयाँ नेतृत्वको घोषणा ,सपथग्रहण लगायतका कार्यक्रम रहेको छ ।
एक बर्षे कार्यकाल रहने यस महाधिबेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि बद्री वरालको अध्यक्षतामा ३ सदस्यीय निर्वाचन समिति गठन गरि निर्वाचनका प्रकृया भईरहेको संस्थाका पूर्व अध्यक्ष विनोद उप्रेतीले बताए । निर्वाचन समितिको सदस्यद्धयमा विनोद उप्रेती र भुपेश कोइराला रहेका छन् । महाधिबेशनले वरिष्ठ उपाध्यक्षसहित १३ सदस्यीय कार्यसमिति चयन गर्ने छ ।
संस्थाका संरक्षक भेषराज न्यौपाने ,पूर्व अध्यक्ष सन्दिप न्यौपाने लगायतले महाधिबेशनका सन्दर्भ, डिपीएलको उद्देश्य माथि आ-आफना विचार राखेका थिए ।
प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा हुने महाधिबेशन उद्घाटनमा गोल्यान गु्रपका भाईस चियर पर्सन बासुदेव कल्याण, प्रतिनिधिसभा सदस्य तथा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, अधिबक्ता तथा सामाजिक व्यक्तित्व स्वागत नेपाल लगायतका चर्चित व्यक्तित्वहरुले उद्यमशीलता लगायतका विषयमा आफनो विचार राख्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published.