दमक,२५ पुस । दमक बहुमुखी क्याम्पसले दमक -१० सेतुमारीमा रहेको सगरमाथा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।क्याम्पसले सामाजिक उत्तरदायीत्व अन्तर्गत विद्यालयमा पुगेर बुधबार कपी, पेन्सिल ,इरेजर लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरिएको उच्च शिक्षा तथा गुणस्तर सुधार उपसमितिका फोकल पर्सन रत्न थापाले बताए ।
क्याम्पसका पूर्व अध्यक्ष समेत रहेका उच्च शिक्षा तथा गुणस्तर सुधार उपसमितिका संयोजक सुरेश सुब्बाको अध्यक्षता तथा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सहभागिहरुले यस किसिमको सामाजिक कार्यले विद्यार्थीहरुलाई प्रत्यक्ष फाइदा पुग्ने औल्याए ।
कार्यक्रममा नगर प्रमुख थापा, क्याम्पसका अध्यक्ष ढुण्डीराज भण्डारी, विद्यालयका प्रधानाध्यापक हेमराज ढकाल लगायतले शैक्षिक विकासको महत्व माथि चर्चा गरेका थिए ।
कार्यक्रममा क्याम्पस प्रमुख यज्ञराज गिरी, पूर्व क्याम्पस प्रमुख डा. नेत्र बुढाथोकी, दमक १० का वडाअध्यक्ष राजेन्द्र भण्डारी, क्याम्पसका सदस्यहरु शेरबहादुर भटटराई, अम्बिका खनाल,विद्यालयका अध्यक्ष दुर्गा श्रेष्ठ लगायतको समेत उपस्थिति रहेको थियो ।