कमल ५ का ७४ जना ज्येष्ठलाई थर्मस प्रदान

दमक, १८ पुस । झापाको कमल गाउँपालिका ५ वडा कार्यालयले आज वडाका ८३ बर्ष माथिका ज्येष्ठहरुलाई थर्मससहितका सामाग्रीहरु वितरण गरेको छ ।वडाको सिलिङ वजेटबाट वडाका ८३ वर्ष माथिका ७४ जना ज्येष्ठलाई थर्मस, फलफूल वितरण गरिएको वडाअध्यक्ष एलवी विष्टले बताए । वडा कार्यालयमा आज संक्षिप्त कार्यक्रम गरि वडाअध्यक्ष विष्टसहितका जनप्रतिनिधिहरुले ती सहयोगी सामाग्रीहरु प्रदान गरेका थिए ।
वडाअध्यक्ष विष्टका अनुसार सामाजिक सुरक्षा कार्यक्रममार्फत सुविधा लिदैआएका सेवाग्रहीहरुलाई जाडोमा तातो पानी राख्ने थर्मससहित काजुकिसमिस लगायतका फलफूल उपलव्ध गराईएको छ । लाभग्राहीको सूचिमा सवैभन्दा ज्येष्ठ ९९ बर्षिय देवीप्रसाद नेपाल लगायत ज्येष्ठहरु रहेका छन् ।थर्मससहितका सामाग्रीहरु हस्तान्तरण गदैं वडाअध्यक्ष विष्टले ज्येष्ठ नागरिकहरु हामी सवैका अभिभावक मात्र नभएर सम्पत्ति नै भएको उल्लेख गरे ।

 

Leave a Reply

Your email address will not be published.