सगरमाथा तेक्वान्दोका तीन खेलाडीले जिते जिल्लास्तरिय पदक

दमक, १५ पुस । दमकस्थित नेपाल सगरमाथा तेक्वान्दो दोजाङका तीन जना खेलाडीले झापा जिल्लास्तरिय पदक जितेका छन् ।बिर्तामोडमा शनिबार सम्पन्न जिल्ला स्तरीय प्रथम बिर्तामोड मेयरकप तेक्वान्दो प्रतियोगितामा सो डोजाङबाट सहभागि खेलाडीहरुले दुई स्वर्णं पदकसहित तीन वटा पदकहरु जित्न सफल भएका हुन् ।
डेल्टा तेक्वान्दो डोजाङले आयोजना गरेको सो प्रतियोगितामा सगरमाथा तेक्वान्दो दोजाङका २८ केजीतर्फ नामलिङ लिम्बू र २५ केजीतर्फ युवाहाङ लिम्बूले स्वर्ण पदक र सेमिना राईले पुम्से विद्यामा कास्य पदक जित्न सफल भए । प्रतियोगिता अन्तर्गत महिलाहरुको ४६ केजीतर्फ लाजिमा लिम्बू, ४९ केजीतर्फ महिला खेलाडीमा प्रिन्सिसेस राईले कास्य पदक जित्न सफल भएका छन् ।
यसैवीच, प्रतियोगिताबाट पदक प्राप्त खेलाडीहरुलाई दमकस्थित सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयमा स्वागत गरिएको थियो । स्वागत कार्यक्रममा संविधानसधाकी सदस्य समेत रहेकी नेपाल सगरमाथा तेक्वान्दो दोजाङका सल्लाहकार महेन्द्रकुमारी लिम्बू, दमक सगरमाथा तेक्वान्दो डोजाङका अध्यक्ष जीतु धिमाल, सर्वोदय अंग्रेजी विद्यालयका संस्थापक प्रिन्सिपल नबीन योगी,डोजाङका प्रशिक्षकहरु मनु कटुवाल, प्रतिमा तामाङ, आयुष धिमाल र कपिल धिमालको समेत सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published.