दमक, १४ पुस । ईलामका साहित्यकार तथा निबन्धकार प्रकाश थाम्सुहाङको निबन्ध सङ्ग्रह ‘ शब्द थुम ’ लोकार्पण गरिएको छ ।आज दमकमा एक कार्यक्रमका बीच सो कृतिको साहित्यकार तथा समालोचक कृष्ण बरालले लोकापर्ण गरे ।
कार्यक्रममा साहित्यकारहरु प्रकाश बुढाथोकी, मिश्र बैजयन्ती र दिपक सापकोटाले बिमोचित कृति माथि समिक्षात्मक टिप्पणी गरेका थिए । कार्यक्रममा प्रज्ञा सभा सदस्यहरु सुमित्रा वाङ्देल चेली र मुनाराज शेर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम रुवाई मञ्च नेपालका अध्यक्ष राजकुमार सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकारहरु बिष्णु न्यौपाने, बिन्दु दाहाल मुकदर्शक, बिबश बलिभद्र काईराला,ओमप्रसाद खनाल,धनश्याम पथिक,नरपति पाण्डे, सबिता गौतम,याम थुलुङ,महेन्द्र बिरही, अभागी ठेगुवा,यज्ञ परिश्रमी,अम्बिका प्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण अशोक बस्नेत र गगन योक्पाङदेनले गरेका थिए ।