बिरामीको मृत्यु भएपछि मनमोहन अस्पतालमा तनाव

बिर्तामोड, १० पुस। झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा तनाव भएको छ । अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मृतक परिवार र आफन्तले अस्पताल घेराउ गर्दै तोडफोड गर्न खोजेपछि तनाव भएको बताइएको छ ।
घुँडामुनि सुन्निएको समस्या लिएर बिर्तामोड ९ की ३५ वर्षीया नर्वदा बाँसकोटालाई सोमबार बिहान मनमोहन अस्पतालमा उपचार गर्न लगिएको थियो । उपचारमा भएको लापरवाहीले उनको मृत्यु भएको भन्दै आफन्तहरु क्षतिपूर्ति र स्वास्थ्यकर्मीलाई कारबाहीसहित प्रदर्शनमा उत्रेका छन् ।
उपचारका क्रममा सोमबार विहान ल्याइएकी महिलाको साँझ मृत्यु भएको अस्पताल व्यवस्थापनले जनाएको छ । मृतकका छोराछोरीको पालनपोषण, शिक्षादिक्षाका लागि क्षतिपूर्ति र लापरवाही गर्ने स्वास्थ्यकर्मीलाई कारबाही गर्नुपर्ने आफुहरुको माग रहेको मृतकका भाइ दिनेश बाँस्कोटाले बताए ।इमरजेन्सीमा भर्ना भएको बिरामीको दिनभर राख्दा समेत कुनै पनि रिपोर्ट नदिएको र उपचार नगरेको आरोप आफन्तले लगाएका छन् । रिपोर्ट नदिनु र उपचार नगर्नु लापरवाही हो, मृतकका भाइ बाँस्कोटाले भने ।

मृतकको शव अस्पतालको आइसियूमा रहेको जनाइएको छ । अस्पताल प्रवेशमा रोक लगाइएको छ । प्रहरीले सोमबार बेलुकादेखि नै अस्पताल परिसरमा सुरक्षा कडा बनाएको छ । मृतकको शव अस्पतालको आइसियुमा रहेको जनाइएको छ । यसअघि गत साउन २९ गते चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै आफन्तहरुले मनमोहन हस्पिटलमा आन्दोलन गरेका थिए । घटनाका विषयमा छलफल भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।यसअघि प्रसूति गराउन मनमोहन ल्याइएकी बिर्तामोड १ की २७ वर्षिया सिर्जना संग्रौलाको मृत्यु भएपछि आफन्तहरुले आन्दोलन गरेका थिए । अस्पताल प्रशासनले क्षतिपूर्तिवापत मृतक परिवारलाई ३५ लाख रुपैयाँ दिएको थियो ।

Leave a Reply

Your email address will not be published.