वन भित्र फोहोर व्यवस्थापन नगर्न हम्सेदुम्से वनको आग्रह

दमक,९ पुस । दमक -३ स्थित हम्सेदुम्से सामुदायिक बन उपभोक्ता समूहले वन क्षेत्र भित्र फोहोरमैलाको ल्याण्डफिल्ड गर्ने नगरपालिकाको कार्य प्रति आपत्ति जनाएको छ ।समूहले आज विहान नगरपालिकाले फोहोर व्यवस्थापन गरिआएको वन क्षेत्रमा पत्रकार सम्मेलन गरि अव्यस्थित ढंगले फोहोर फ्याल्दा वातावरणीय मात्र नभएर मानव स्वास्थ्यमा नै गंभीर असर पर्ने भन्दै वैकिल्पक उपाय खोज्न सुझाव दिएको हो ।
पत्रकार सम्मेलनमा समूहका अध्यक्ष चन्द्रप्रसाद गुरागाईले नगरपालिकाले वन समूहसंग कुनै समन्वय नै नगरि दमकको फोहोर वन क्षेत्र भित्र फाल्ने कार्य गलत भएको बताए । वन समूहको ३ नम्बर व्लकमा नगरपालिकाले दमक चौक,वजारमा दैनिक निस्किने फोहोर खाल्डो खनेर पूदै आएको छ । मानव बस्ती नजिकै बन भित्र यसरी डम्पिङ गर्दा त्यसले स्थानीयलाई प्रतिकुल असर पुरयाँएको समूहको बुझाई छ ।
अध्यक्ष गुरागाईले बनका खाली भूभागमा वृक्षरोपण गर्ने योजना अघि सारिएको बेला नगरपालिकाले जर्वजस्ती फोहोर थुपार्ने काम उपयुक्त नभएको जिकीर गरे । उनले बन उपभोक्ता समूहले वन भित्र फोहोर फाल्ने दिने अधिकार आफूहरुसंग नभएकाले त्यसतर्फ स्थानीय सरकारको ध्यानाकर्षण समेत गराईएको उल्लेख गरे ।
दमक सव डिभीजन कार्यालय दमकका अधिकृत एकराज दाहालका अनुसार नगरपालिकाले कानुनी प्रकृया पूरा नगरि एकतर्फी रुपमा वन भित्र फोहोर फालिआएको छ । त्यसबारे हामीलाई कुनै जानकारी नआएको उनको भनाई छ । उनले बन भित्र जथाभावी फोहोर फाल्ने कार्यले वातावरणीय असर निम्त्याउने बताए । वन भित्र फोहोर फाल्ने कार्यलाई निरुत्साहित गरि पर्यावरण संरक्षणमा ध्यान दिन लाग्नु पर्ने उनले सुझाए । उनले भने, –‘ फोहोर मैलालाई योजनावद्ध व्यवस्थापन गर्न बैकल्पिक उपायहरु अवलम्बन गर्न जरुरी भईसकेको छ ,त्यसतर्फ स्थानीय सरकार गंभीर हुनुपर्छ ’
नगरपालिकाले पहिले गरिआएको डम्पिङ भरिएपछि फोहोर फाल्ने ठाँउ नहुदाँ फोहोर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिले फोहोर उठाउन नै छाडेको थियो । तर, नगरपालिकाले सर्वपक्षीय भेला गरि फोहोरको दिगो समाधान गर्न नगर प्रमुख रामकुमार थापाको संयोजकत्वमा समिति गठन गरि आवश्यक पहल भईरहेको जनाएको छ । बैकिल्पक उपाय ननिस्कएसम्म नगरपालिकाले पूरानो डम्पिङ नजिकै सडक पश्चिम वन क्षेत्रमा अस्थायी डम्पिङ बनाएर फोहोर व्यवस्थापन गरिदैआएको नगरपालिकाको वातावरण शाखा प्रमुख द्रोर्ण थापाले बताए ।
पत्रकार सम्मेलनमा समूहका पदाधिकारी,सदस्यहरु, वन उपभोक्ताहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.