धुलाबारी,२ पुस । विद्युतीय आटो रिक्सा (सिटी सफारी) अनियन्त्रित भएर पल्टिँदा झापाको धुलाबारीमा एक जना चालकको मृत्यु भएको छ ।सोमबार बिहान साढे पाँच बजे मेचीनगर–१० धुलाबारीको भित्री सडक खण्डमा सिटी सफरी अनियन्त्रित भइ पल्टिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र.१–०१–००२ ह ७६५ नम्बरको सिटी सफारी अचानक अनियन्त्रित भई पल्टिँदा चालक मेचीनगर–९ बस्ने ४७ वर्षीय बद्रीबहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।टाउकोमा चोट लागेर गम्भीर घाइते भएका बस्नेतलाई उपचारका लागि बिएन्डसी अस्पताल लगिएकोमा चिकित्सकले ५ः५० बजे मृत घोषणा गरेको प्रहरीले जनाएकोछ ।प्रहरीका अनुसार बस्नेतको शव अस्पतालमा रहेको र सिटी सफारी इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा रहेको छ ।