नेपाल जेसीजको अध्यक्षमा पोखरेल बिजयी

बुटवल ,२ पुस। नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल बिजयी भएका छन् । पोेखरेलले ५१० मत ल्याएर विजयी बनेका हुन् ।उनका निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत पाएकी थिइन । ८४ मतान्तरले बिजयी बनेका पोखरेलले तीनजना प्रतिस्पर्धीहरु रजनी थापा, विजय गुरुङ र रश्मी शिल्पकारलाइ पराजित गरे । उनी नुवाकोट जेसीजका पूर्व अध्यक्ष हुन् । बुटवलमा सम्पन्न ५० औं महाधिवेशनबाट पोखरेल बर्ष २०२४ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
कार्यकारीणी उपाध्यक्षमा अनुप सुनुवार, राजाराम गौतम भिम बहादुर कुंवर ,सिनेटर सन्दिप अग्रहरी बिजयी भए । महासचिव सरोज अधिकारी,कानुनी सल्लाहकारमा नरेश चन्द्र ओझा,कोषाध्यक्षमा खेमराज थापा मनोनित भएका छन् । उपाध्यक्षमा अमर घिमीरे, सौरब श्रेष्ठ,राजन शर्मा पौडेल,सिता कुमारी भण्डारी,एलिना महर्जन, बहादुर तामाङ,स्वपना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नवराज उपाध्याय,गणेश सापकोटा,अचुत उप्रेती आयुष निर्वाचित भएका छन् ।

 

Leave a Reply

Your email address will not be published.