कोष स्थापनाका लागि प्रेस युनियनको देउसीभैलो

दमक,२८ कार्तिक । नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समिति दमकले तिहारको अवसर पारेर शुभकामना आदनप्रदानसहित देउसीभैलो कार्यक्रम सञ्चालन गरेको छ ।सोमबार  दमक -९ स्थित
कांग्रेस निकट सांस्कृतिक संघका दमक अध्यक्ष  टंक ढकालको घरबाट शुभारम्भ गरि बाट शुरु भएको देउसीभैलो तथा शुभकामना आदनप्रदानको कार्यक्रम माइपश्चिमका विभिन्न ठाउँमा पुगेर सम्पन्न गरेको छ ।

प्रेस युनियनमा आवद्ध पत्रकारहरुसहित शुभचिन्तक,शुभेच्छुक पत्रकार एवं सामाजिक , राजनीतिक व्यक्तित्वहरु समेत सहभागी सो देउसीभैलोको पहिलो दिन संगठन सञ्चालनमा सहयोग स्वरुप १७ हजार २ सय रुपैयाँ संकलन भएको छ ।
देउसीसीभैलीमा नेपाल पत्रकार महासंघका कोशी प्रदेश समितिका कोषाध्यक्ष विमल लामिछाने,महासंघका प्रदेश सदस्य बिष्णु सुब्बा, यूनियनका झापा अध्यक्ष गिरीराज भटटराई, कांग्रेस दमक ५ का वडासभापति चैतन्य बराल लगायतको सहभागिता रहेको थियो । देउसी भैलोलाई आज र भोलिसम्म निरन्तरता दिइने प्रेस युनियन माइपश्चिमका अध्यक्ष बिष्णु पौडेलले जनाएका छन् । उनले संगठन सञ्चालनमा सहयोग पुरयाँउन उद्देश्यले गतवर्षझै यसवर्ष संस्कृतिमूलक देउसीभैली सञ्चालन गरिएको बताए ।

Leave a Reply

Your email address will not be published.