झापा, २७ कार्तिक । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो ।आज बसेको बैठकपछि रासञ्चारकर्मीहरु बोल्दै सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिइन् । सामाजिक सद्भाव बिगार्ने काम गरेकाले टिकटक बन्द गर्ने
निर्णय तत्काल कार्यान्वयनमा जाने मन्त्री शर्माले बताइन् । यसको कार्यान्वयनका लागि सञ्चार मन्त्रालयले आवश्यक पहल गर्ने उनले बताइन् ।