छोटा हात्तीको ठक्करबाट स्कुटरमा सवार दुईजनाको मृत्यु

बिर्तामोड, ४ कात्तिक । झापाको अर्जुनधारा नगरपालिका –३ स्थित खुदुनाबारी बजारनजिक शनिवार दिउँसो सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।दिउँसो २ बजेको समयमा भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदैगरेको लु १ च ६८६३ नम्बरको मिनी ट्रक (छोटा हात्ती) सँग विपरित दिशाबाट जाँदैगरेको मे ५ प ४४८५ नम्बरको स्कुटर एकापसमा ठक्कर खाँदा स्कुटरमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए।
दुर्घटनामा परी स्कुटरचालक अर्जुनधारा –२ गाजाबारीका ३५ बर्षका याम भट्टराईको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटरको पछाडि सवार गाजाबारीकै ३६ बर्षका रोशन लुङ्गेली मगरलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पताल लग्दा उपचारका क्रममा दिउँसो २.४० बजे मृत्युभएको उनले बताए ।प्रहरीले दुर्घटनामा संलग्न छोटा हात्ती सवारीका चालक अर्जुनधारा २ कै २५ वर्षीय हेमबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published.