दमक ,४ असोज । झापामा नेकपा एमालेको प्रदेश अधिवेशनका लागि प्रतिनिधी छनौटको उम्मेद्वारी दर्ता सकिएको छ । कतिपय स्थानमा सर्वसम्मत प्रतिनिधि चयन भएका छन् भने कतिपय स्थानीय तहमा भने तोकिएको संख्या भन्दा बढी उम्मेद्वारी परेको छ ।
झापाको कमल गाउँपालिकामा महिला र युवा क्लष्टरमा भने सर्वसम्मत प्रतिनिधी चयन भएका छन् । युवातर्फ हरि प्रसाद ढकालको मात्र उम्मेदवारी परेकोले उनी सर्वसम्मत प्रतिनिधि चयन भएको निर्वाचन समितिले जनाएको छ । यता महिला तर्फ सीता भण्डारी निरौला ,प्रमिला न्यौपाने,सुनिता अधिकारी र ममता गुरुङ सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक देवेन्द्र भण्डारीले बताए ।
गौरादहमा भने महिलामा भने सर्वसम्मत भएपनि खुल्ला र युवा तर्फ भने बढी मनोनयन परेको छ । खुल्ला र युवामा भने तोकिएको संख्या भन्दा बढी मनोनयन परेको छ । कमलमा खुल्लामा ६ जनाको कोटामा १० जनाको उम्मेद्वारी परेको छ ।
गौरादहमा महिला तर्फबाट ४ जना प्रतिनिधी सर्वसम्मत चयन भएका छन् । खुल्ला तर्फ ८ जनामा १३ जनाको उम्मेद्वारी परेको छ । युवातर्फ एक जनामा ३ जनाको उम्मेद्वारी परेको छ । दमकमा १९ जना प्रतिनिधीका लागि ३७ जनाको उम्मेद्वारी परेको छ । यी मध्ये खुल्ला ११ जना महिला ६ जना र युवा २ जना चयन हुनुपर्ने छ ।
एमालेको कोशी प्रदेश अधिवेशन आगामी असोज १२ र १३ गतेका लागि तोकिएको छ ।