बिर्तामोड ५ मा चुम्लुङ महिला समूहको साधारण सभा सम्पन्न

बिर्तामोड ,२८ साउन। बिर्तामोड -५ स्थित किरात याक्थुङ् चुम्लुङ् महिला समूहको पाचौं साधारण सभा सम्पन्न भएको छ ।स्थानीय इन्द्रेणी टोलमा बसदैआएकी याक्थुङ्-लिम्बू महिलाहरुले स्थापना गरेको समूहले औपचारिक रुपमा साधारणसभा गरि सम्पन्न गरिएको होे । समूह २०७५ सालमा स्थापना भई विभिन्न गतिविधिहरु सञ्चालन गरिआएको छ । समूहमा ४३जना लिम्बू महिलाहरु आवद्ध छिन् । सभामा समूहकीले अध्यक्ष पवित्रा तेयुङ् लावतीले अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष रञ्जना कुरुम्बाङ्ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । दुवै प्रस्तुत प्रतिवेदन समूहको बन्दसत्रले पारित गरिएको थियो । कोषाध्यक्षको प्रतिवेदनमा संस्थाको आर्थिक वर्ष ०७९-८० सम्ममा आईपुग्दा १५ लाख ६१ हजार बराबरको आय–व्यय भएको उल्लेख छ ।
किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति झापाका अध्यक्ष सेसेहाङ् फियाक लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिक साधारण सभामा समूहले सञ्चालन गरेका विभिन्न कार्यक्रमहरुमा विशेष सहयोग पुर्याउने महिलाहरुलाई सिलाम साक्माले सम्मान गरिएको थियो । सभामा प्रमुख अतिथि फियाकले मन्तव्य राख्दै चुम्लुङ महिला समूहको गतिविधि प्रंशसनीय भएकाले संस्थागत रुपले आगामी भदौ १७ गते स्थापना दिवसका दिन समूहलाई प्रोत्साहन स्वरुप १० हजार ५ रुपैया उपलव्ध गराउने प्रतिवद्धता जनाएका थिए ।
सभामा चुम्लुङ जिल्ला सहसचिव शर्ण लोवा, चुम्लुङ् विर्तामोड नगर अध्यक्ष हिमालयप्रकाश कन्दङवा, चुम्लुङ विर्तामोड ५ का अध्यक्ष योगेन्द्र कुरुम्बाङ , समूहकी सदस्य नितु नेम्बाङ , कुमारी मादेन लगायतले संस्थागत विकासमा महिला समूहको काम अतुलनीय रहेको कुरा चर्चा गरेका थिए ।
समूहकी सचिव देशमाया बेघा लोवाले सञ्चालन गरेको कायक्रममा समूहकी उपाध्यक्ष भिममाया केरुङ लिङदेनले स्वागत मन्तव्य राखेकी थिइन् ।साधारणसभामा पालामी अभियन्ता धनकुमारी लिङ्देन, मनकुमारी मादेन लिङ्देन, कविता लिम्बू, सञ्चहाङमा लिम्बू र लाखवती लिम्बूको टिमले पालाम, हाक्पारे गाएर कार्यक्रमलाई अत्यन्तै रोचक बनाएका थिए ।

Leave a Reply

Your email address will not be published.