चुम्लुङ स्थापना दिवस झापामा सप्ताहव्यापी मनाउने

दमक,२१ साउन । किरात याक्थुङ चुम्लुङको ३५औ स्थापना दिवस झापामा सप्ताहव्यापी रूपमा विविध कार्यक्रमको आयोजना गरि मनाउने भएको छ ।चुम्लुङ झापा जिल्ला सहित गाउँ नगरशाखाको संयुक्त रुपमा हालै बसेको बैठकले नजिकिएको स्थापना दिवस भव्य रुपले सप्ताहव्यापी रुपमा मनाउने निर्णय भएको हो ।
बिर्तामोड १ सिरिजङ्गा चौकस्थित जिल्ला चुम्लुङहिममा बसेको बैठकले स्थापना दिवस सफलता पूर्वक सम्पन्न गर्न जिल्ला अध्यक्ष सेसेहाङ फियाक लिम्बूको संयोजकत्वमा २ हजार १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । त्यसैगरी संघिय सल्लाहकार जितबहादुर लावतीको संयोजकत्वमा ५१ सदस्यीय सल्लाहकार समिति गठन गरिएको समेत बैठकले निर्णय गरेको जिल्ला सहसचिव शर्मिला आङ्देम्बेले बताईन् ।
उनका अनुसार गठित सल्लाहकार समितिमा संघीय सल्लाहकार, संघीय सदस्य, राष्ट्रिय चुम्लुङ सदस्य, प्रदेश सल्लाहकार, प्रदेश सदस्य, संरक्षक सदस्य, विशिष्ठ सरक्षक सदस्य लगायत चुम्लुङमा विशेष योगदान पुरयाँउने व्यक्तित्वहरू रहनेछन् भने आयोजक समिति सदस्यहरूमा जिल्ला पदाधिकारी, सदस्य, गाउँनगरका पदधिकारी, सदस्यहरू, वडा पदाधिकारी, सदस्य एवम चुम्लुङप्रति समर्पित आजीवन सदस्यहरू लगायत शुभेच्छुकहरू रहनेछन् ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउन जिल्ला शाखा कोषाध्यक्ष धिरावती लिम्बूको सयोजकत्वमा सहसचिवद्वय शर्ण लोवा र शर्मिला आङ्देम्बे लगायत नगर र गाउँ अध्यक्षहरू सदस्य रहने गरि आर्थिक उपसमिति रहने उल्लेख छ ।
साप्ताहिक कार्यक्रमलाई सफल बनाउनको निमित्त जिल्लास्तरीय केलाङ प्रतियोगिताको आयोजना गरिनेछ । प्रत्येक नगर र गाउँ शाखाबाट एक ,एक टिम सहभागी गराइने केलाङ् प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुनेलाई क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार सहित प्रमाण पत्र प्रदान गर्ने समेत बैठकले निर्णय गरेको जिल्ला सचिव प्रेमचन्द्र लिम्बूले जनाएका छन् ।
भदौ १२ गते कियाचु भवन, मेचीनगरबाट शुरु हुने स्थापना दिवस भदौ १३ गते कमल ३, केर्खा बजारको खेलमैदान ,भदौ १४ गते चन्द्रगढी भद्रपुर, भदौ १५ गते विर्तामोड जिल्ला चुम्लुङहिमा साहित्य गोष्ठी हुने छ भने भदौ १६ र १७ गते विर्तामोड सिटी सेण्टरस्थित साई पार्टी प्यालेसमा केःलाङ्ग प्रतियोगिता आयोजना गरिने छ । चुम्लुङ २०४६ साल भदौ १७ गते स्थापना भएको हो ।
यसैगरि,बैठकले यहि साउन २४ गते मनाइने २९ औं विश्व आदिवासी दिवसको दिन यसवर्ष कमल गाउँपालिका वडा न.५ स्थित पाडाजुँगीमा मनाउने नेपाल आदिवासी जनजाति महासंघ झापाको आव्हानलाई अक्षरस पालना गर्दै किरात याक्थुङ चुम्लुङका नगर र गाउँ शाखालाई भेला भई दिनका लागि आव्हान गर्ने समेत निर्णय
जिल्ला चुम्लुङ सचिव लिम्बूले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.