माता महेश्वराको निधन, न्यौपाने परिवार शोकमा

दमक,२१ साउन । दमकका सामाजिक अगुवा समेत रहेका होमियो चिकित्सक डा. लेखनाथ न्यौपानेलाई मातृशोक परेको छ । उनीसहित गणेश ,प्रदिप र कमल न्यौपाने लगायतकी ममतामयी माता महेस्वरा न्यौपानेको दमक ६ स्थित आफनै निवासमा आज विहान ६.३० वजे ८१ बर्षको उमेरमा निधन भएको हो । न्यौपाने परिवार लामोसमयदेखि दमकमा फार्मेसी क्षेत्रमा संलग्न छन् ।
यसैवीच, मृतकको शव आज दिउँसो १.३० वजे अन्तिम दाह संस्कारका लागि कन्काई माइ लगिएको पारिवारिक स्रोतले जनाएको छ । रिता होमयो क्लिनीकका सञ्चालक डा. न्यौपाने यस प्रदेशवाणी अनलाईन न्यूज पोर्टलका स्तम्भकार हुन् । लेखक डा. न्यौपानेसहित परिवारमा पर्न गएको यस घटना प्रति दुःख सहने शक्ति इश्वरले प्रदान गरुन भनी समवेदना समेत व्यक्त गर्दछौं ।

Leave a Reply

Your email address will not be published.