दमकमा कन्काई माइ पाथीभरा वर्कसप सञ्चालनमा

दमक, ३२ जेठ । दमकको पशुहाटस्थित चार्जिङ स्टेशन परिषरमा थप सुविधासम्पन्न मोटर वर्कसप सञ्चालनमा आएको छ । स्थानीय युवा व्यवसायी कमल कटुवालसहितका सात जनाको लगानीमा खोलिएको कन्काई माइ पाथीभरा वर्कसप आजदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याईएको हो ।
वर्कसपको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले रिविन काटेर उद्घाटन गरे । उद्घाटन गदैं नगर प्रमुख थापाले व्यवसायिक सफलताको शुभकामना दिएका थिए ।
वर्कसपका सञ्चालक कटुवालका अनुसार वर्कसपमा साना ,मझौला तथा ठुला सवारी साधनलाई लक्षित गरि दक्ष प्राविधिकहरुबाट गाडीको सर्भिसिङ,वासिङलगायतका सेवाहरु समेत उपलव्ध छन् । स्थानीय ग्राहकहरुको सुविधालाई मध्यनजर गरि एकैठाउँमा गुणस्तरिय वर्कसपको काम यस वर्कसपको मुख्य ध्येय रहेको अर्का सञ्चालक कटुवालले बताएका छन् ।
वर्कसप उद्घाटनका अवसरमा ग्राहकहरुको सुविधाका लागि हरेक गाडीको जुनसुकै सेवामा आर्कषक छुटको समेत व्यवस्था गरिएको सञ्चालक उनले बताए । वर्कसपमा कटुवालसहित गंगा सिटौला,मनोहरि घिमिरे, तुलसी खतिवडा,शुरेस गौतम आवद्ध छन् । नगरपालिकासंगको संझौतामा सञ्चालित वर्कसप उद्घाटनमा दमक -७ का वडाअध्यक्ष भिमप्रसाद पौडेल,दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, नेपाली कांग्रेस दमकका सभापति प्रकाश प्रसाई, राप्रपाका दमक अध्यक्ष हेम सुवेदी, दमक जेसीजका अध्यक्ष मुकेश अग्रवाल, उद्योगी,व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.