भद्रपुर,३१ जेठ । झापा, भद्रपुर नगरपालिका ८ का वडाअध्यक्ष गौरव सुब्बाले चन्द्रगढीमा रहेको महेन्द्र पार्कका लागि रु एक लाख ५ हजार मूल्य बराबरका एक हजार दुई सय वटा विभिन्न जातका सजावटका बिरूवा निःशुल्क प्रदान गरेका छन् ।
आफना स्वर्गीग पिता वीरहाङ लिम्बू तथा सासु आमा भूमिमाया लिङ्देनको स्मृतिमा उनले पार्कको सौन्दर्य बृद्धि गर्न ती विरुवाहरु प्रदान गरेका हुन् । आज संक्षिप्त कार्यक्रमका बीच उनले ती विरुवाहरु पार्क संरक्षण समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख गणेश पोखरेललाई हस्तान्तरण गरे ।
भद्रपुर नगरको एक मात्र बाल उद्यानका रूपमा रहेको पार्कको सदावहार सौन्दर्य कायम राख्न भारतलगायत विभिन्न देशबाट झिकाइएका सुन्दरता प्रदान गर्न ती विरुवाहरु प्रदान गरेको उनले बताए ।
सो पार्कको विकासका लागि स्वर्गीय पिता वीरहाङको पनि योगदान रहेको स्मरण गर्दै उनले थप बिरूवा चाहिए फेरि पनि दिने समेत प्रतिवद्धता जनाए ।