राप्रपा कमलद्धारा पालिकालाई ज्ञापनपत्र

कमल ,३० जेठ । राप्रपा कमल गाउँ समितिले विभिन्न मागहरु समेटेर गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।राप्रपा कमलका अध्यक्ष युवराज खड्कासहितको एक टोलीले आज पालिका अध्यक्ष हुकुमसिंह राईलाई भेटेर ज्ञापन पत्र बुझाएको हो । पार्टीले कमलवासी जनताको दैनिक जीवनसंग जोडिएका बिकास निर्माण ,स्वास्थ्य ,शिक्षा,रोजगार, कृषि समस्या,खेलकुद, भूमि समस्या लगायतका १९ वँुदें विभिन्न माग समावेश गरि ज्ञापनपत्र बुझाईएको अध्यक्ष खड्काले जनाएका छन् ।
जसअनुसार कमल गाउँपालिका वडा नं. ५ मा प्रस्तावित आदिबासी रंगशाला निर्माणको लागि तत्काल ठोस कदम चाल्नु पर्ने ,अब्यबस्थित बसोबासको समस्या समाधान गर्न तत्काल जग्गा धनी प्रमाण पुर्जा बितरणको काम थालनी गरिनुपर्ने,
कमल ५ साधुहोली सिमसार क्षेत्रको काम कछुवाको गतीमा भएको हुनाले काममा तत्काल तीव्र बनाउन ज्ञापनपत्रमा उल्लेख छ । साथैं, उक्त स्थानमा जनता आबास कार्यक्रम अन्तर्गत घर निर्माण हुदाँ जमिनको स्वामित्वको बिषयमा बिबाद रहेका र ती विवाद हल गरि त्तत्काल घर निर्माणको काम अगाडी बढाउन माग गरिएको छ । त्यस्तै, पालिकाबाट बिगत मा कृषि अनुदानको नाममा भएको अनियमितता छानबीन गर्न समिति गठन गर्न तथा आगामी दिनमा किसानलाई दिइने अनुदान बिना भेदभाव बास्तबिक किसानलाई दिनुपर्ने , कमल ३ को प्रहरी चौकी वार्ड नं. २ को स्वास्थ चौकी र वार्ड नं. ६ को पोखरीको जग्गा र वार्ड नं. २ कमलेश्वरी सहकारी समेतको समस्या आजसम्म समाधान नभएको हुनाले तत्काल समाधान गर्न ज्ञापनपत्रमा जनाईएको छ
यसैगरि, कमल ६ मा बनेको आयुर्वेदिक अस्पताल भौतिक पूर्वाधार निर्माण भएको तर सञ्चालन नभएको हुनाले नियमित सञ्चालनको ब्यबस्था गरी स्वास्थ्य बिमा समेत लागु गर्नुपर्ने, कमल ५ मा निर्माणाधीन भृकुटी अस्पताल गेउरीया खोलाको किनारमा भएको हुनाले भविष्यमा अस्पताल जन्य फोहर लिकेज भई पानी तथा वातावरण प्रदूषितबाट मानव र जीवजन्तु समेत पर्ने असर नियन्त्रण गरिनुपर्ने, कमल ५ साबित्रा चोक उत्तर अव्यवस्थित समाधिस्थललाई लोक मार्ग भन्दा कम्तिमा ५०० मिटर उत्तर ब्यबस्थापन गरि क्रमिक रुपमा लाइनबद्ध र बाताबरणमैन्त्री बनाउनु पर्ने तथा मलामीहरुका लागि शौचालय र खाजा खाने खाजा घरको निर्माण गर्न लगायतका समसामयिक मागहरु समेटिएको ज्ञापनपत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.