कान्तिपुर एजुकेशनल फाउण्डेशनद्धारा रक्तदान,१२० पिन्ट रगत संकलन

दमक,३० जेठ । अन्तराष्ट्रिय रक्तदाता दिवसको अवसर पारेर आज दमकमा आयोजित रक्तदान कार्यक्रममा १२० पिन्ट रगत संकलन भएको छ ।दमकमा ७ बर्ष अघिदेखि सञ्चालनमा रहेको दमक कान्तिपुर एजुकेशनल फाउण्डेशनले दमक -५ स्थित आफनै कार्यालय प्राङगणमा गरेको रक्तदानमा सो संस्थाका सञ्चालक, कर्मचारी र अध्ययनरत बिद्यार्थीहरु गरि १२० जनाले रक्तदान गरेका थिए ।
सो अवसरमा फाउण्डेशनका राम पौडेल, तारा भट्टराई , अनिस चापागाइँ लगायत सहभागी थिए । रक्तदान लगत्तै सो परिसरमा रहेको फोहोरमैला संकलन गरि व्यवस्थापन गरिएको थियो । सो फाउण्डेशनमा कोरियन , जापानीज भाषाका अतिरिक्त टयुशन र कम्प्युटर कोर्ष सम्बन्धिका कक्षाहरु सञ्चालित छन ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको रक्तसञ्चार शाखाले प्राविधिक सहयोग गरेको रक्तदानमा ७० प्रतिशत बढी रक्तदाताहरु पहिलो पटक रक्तदानमा सहभागी भएका जनाइएको छ । सो अवसरमा शाखा इञ्चार्ज सिद्धार्थ दाहालले भाषा परीक्षा अध्ययनरत बिद्यार्थीहरुलाई कक्षाकोठामा गएर रक्तदानको महत्व र यसका फाइदाहरुका साथै यसका लागि पालना गर्नुपर्ने नियमहरुका बारेमा जनचेतनामूलक प्रशिक्षण समेत दिएका थिए ।
उनका अनुसार रक्तदाता दिवसको सन्दर्भ पारेर विभिन्न सामाजिक संघ संस्थाहरुले पनि रक्तदान कार्यक्रम राखेका छन् । दमकमा बर्षेनी करिब आधा दर्जन संघ संस्थाहरुको मात्रै रक्तदान कार्यक्रममा एक सय पिन्ट भन्दा बढी रगत संकलन हुने गरेको छ ।

 

Leave a Reply

Your email address will not be published.