कांग्रेसमा रुपान्तरण अभियान, ३१ गते इटहरीमा बृहत अन्तरक्रिया

दमक,२९ जेठ । नेपाली कांग्रेस भित्र चलेको कांग्रेस रुपान्तरण अभियानले दमकमा अगुवा नेता, कार्यकर्ताहरुसँग अन्तरक्रिया गरेको छ । कांग्रेसको पार्टी कार्यालयमा सोमबार आयोजित सो अन्तरक्रियामा सहभागीहरुले पार्टीको केन्द्रीय नेतृत्वमानै विचलन आएकोले शुद्धिकरणका लागि नेतृत्वबाटै त्याग गरिनु पर्नेमा जोड दिए ।
वक्ताहरुले कांग्रेसको तल्लो तहका कार्यकर्ता र समर्थकहरु ईमान्दार भए पनि नेतृत्वको खराबीका कारण पार्टीले त्यसको परिणाम भोग्नु परेको बताएका छन् ।कांग्रेस रुपान्तरण अभियानको नेतृत्व गर्दै नेता सुवास पोखरेल, उत्तम चौलागाइँ, विमल आचार्य लगायतले काँग्रेसलाई राम्रो बनाउन दवाव दिने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए । आफुहरुको अभियान कसैको व्यक्तिगत अभिष्ट पुरा गर्न भन्दा पनि समग्र पार्टीको हितका लागि भएको नेताहरुको निष्कर्ष थियो । अभियानले कोशी प्रदेशस्तरिय कार्यकर्ताहरुसंग यही बुधबार ईटहरीमा बृहत अन्तक्र्रिया गरिने कार्यक्रममा जानकारी गराइयो ।
अभियानले पार्टीलाई नयाँ ढङ्गबाट अघि बढाउने स्पष्ट नीतिहरूको मस्यौदा निर्माण गरिने नेता पोखरेलले बताए ।कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरु अनिलकृष्ण प्रसाई, राजनबहादुर ढुंगाना, प्रदेश सभा निर्वाचन क्षेत्र सभापति रवि केसी, दमक नगर सभापति प्रकाश प्रसाइँ, दमक ९ का वडा सभापति युवराज कोइराला , प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराई, प्रेस युनियनका नेता विष्णु सुब्बा लगायतले पार्टी सुदृढीकरण तथा रुपान्तरणका सवालमा आआफनो विचार व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published.