सचिव कुटपिट गर्ने माथि कडा कारवाही गर्न माग

दमक,२९ जेठ । झापा जिल्ला वडा सचिब हक हित मञ्चले मोरङको सुन्दरहरैचा नगरपालिका वडा न ९ का सचिव डिकबहादुर भण्डारीमाथि आक्रमण गर्ने विसन शक्ति थापालाई कडा कारवाही गर्न माग गरेको छ ।अविबाहित प्रमाणपत्र लिन वडा कार्यालय आएका थापाले सचिव भण्डारीमाथि हातपातको प्रयास गरेको भन्दै मञ्चले दोषीलाई पक्राउ गरी कडा कारवाही गर्न माग गरेको हो ।
मञ्चका झापा अध्यक्ष भोसकुमार थुलुङ र सचिव खगेन्द्र लिङदेनले आज बिज्ञप्ती जारी गर्दै सो घटनाका दोषीलाई कारवाही गरी भयरहित वाताबरणमा काम गर्ने अवस्था सृजना गर्न सरोकारवाला निकायसँग माग गरिएको उल्लेख छ ।
थापासहित तीनजनाको समूहमा वडा कार्यालय पुगेको ती समूहले सचिब भण्डारीमाथि हुल हुज्जत गरेको थियो । सचिव भण्डारीले अनाधिकृत रुपमा सिफारिस दिन नमिल्ने भन्ने बुझेपछि त्यो समूहले वडाध्यक्ष प्रकाश श्रेष्ठमाथि जाइलागेको थियो ।
वडाध्यक्ष श्रेष्ठमाथि पनि अभद्र ब्यबहार गरेपछि थापाको समूहलाई प्रहरीले पक्राउ गरेको थियो । वडाध्यक्ष श्रेष्ठकै समन्वयमा उनीहरु रिहा भएको पीडित भण्डारीले जानकारी दिएका छन् । भण्डारीले दोषीलाई पक्राउ गरी कडा कारवाही गर्न माग पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published.