बिर्तामोड ,२९ जेठ । कोशी प्रदेशमा उच्च वृद्धिको सम्भावना भएका कृषिमा आधारित उद्यम लक्षित ५ महिने आध्यन्त एक्सिलेटरकार्यक्रम अन्तर्गत दोस्रो चरणको बुट क्याम्प सोमबारबाट शुरु भएको छ। झापाको बिर्तामोडमा सिद्धार्थ होटेल एण्ड सिटीमा ३ दिने क्याम्प शुरु भएको हो । सरकारी तथा निजी क्षेत्रका वाणिज्य बैंक, वैकल्पिक कोष व्यवस्थापक आध्यन्त र स्वीस कन्ट्याक्टका बीचमा सम्झौता भई यो कार्यक्रम भइरहेको छ ।
आध्यन्त एक्सिलेटर कार्यक्रमल काठमाडौँ बाहिर, प्रदेश नं। १ लाई केन्द्रित गरेर नेपालमै पहिलो पटक भएको हो । यो कार्यक्रम सार्वजनिक निजी साझेदारीको मोडलमा सञ्चालन हुदैछ ।
यस कार्यक्रमको प्राथमिक लक्ष्य प्रदेश १ का छनौट भएका १० वटा कृषि व्यवसायहरूको क्षमता बढाई उनीहरूलाई थप लगानी प्राप्त गर्नका लागि पूँजीमा पहुँच पुर्याउन सहयोग गर्नु रहेको आध्यन्त एक्सिलेटर कार्यक्रमका चिफ अप्रेसन अफिसर प्रमेस मान प्रधानले बताए ।
एक्सेलरेटर कार्यक्रमले कृषिमा आधारित उद्यमीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्नका लागि आवश्यक स्रोत–सामाग्री र व्यवसायिक परामर्श प्रदान गरी लगानीयोग्य बन्न मद्दत गर्ने आध्यान्तका सूचना बिज्ञ निश्चल सिंह भण्डारीले बताएका छन्। १० उद्योगका उद्यमीहरु कार्यक्रममा सहभागी रहेका छन् ।