नेविसंघ कमलको सभापतिमा सम्बाहाम्फे मनोनित

दमक,२५ जेठ । नेपाल विद्यार्थी संघले कमल ५ निवासी अनिल सम्बाहाम्फेलाई नेविसंघ कमल गाउँपालिकाको सभापतिमा मनोनित गरेको छ ।संघका जिल्ला सभापति सन्जय निरौलाले उनीसहित बाह्दशी सभापतिमा सन्दिप बजगाईलाई आज सभापतिमा मनोनित गरेका हुन् ।
नेविसंघ कमलका सभापति जितेन साम्पाङ जिल्ला सचिवमा मनोनित भएपछि रिक्त रहेको सभापतिमा उनलाई मनोनित गरिएको उल्लेख छ । मनोनित भएका दुवै सभापतिले पार्टीसंग समन्वय गरि संगठन निर्माण,पालिका अधिबेशन सम्पन्न गर्न जिम्मेवारी समेत प्रदान गरिएको परिपत्रमा जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.