नेपाल -भारत सीमामा दुई देशीय प्रहरी टोलीद्वारा गस्ती

पथरी शनिश्चरे, २५ जेठ । मोरङको रतुवामाई नगरपालिका वडान.३ स्थित नेपाल भारतको सिमानामा संयुक्त सिमा गस्ती परिचालन भएको छ।आज बिहान ७ बजेको समयमा नेपाल -भारतका संयुक्त प्रहरी टोलीले सिमा स्तम्भ नं १५३, १५४ र ३८ नं पिलर सम्म गस्ती गरेका हुन्।
ईलाका प्रहरी कार्यालय सिजुवा मातहत प्रहरी चौकी महादेवाबाट प्रहरी प्रलब थापाको कमाण्डमा २ जना, सशस्त्र प्रहरी बल, नेपाल बिओपी मिर्चाडाँगी मोरङका सहायक प्रहरी नायव निरीक्षक सप्त बहादुर थामीको कमाण्डमा ११ जना र भारतीय एसएसवी किसनगञ्ज बटालियनका बटालियन कमाण्डर डमा ११ जना र भारतीय क्क्द्य किसनगञ्ज बटालियनका बटालियन कमाण्डर  एसएसपी ब्रजित सिंहको कमाण्डमा ३० जना गरी जम्मा ४३ जनाको संयुक्त गस्ती टोलीबाट सिमा गस्ती तथा अनुगमन भएको थियो। गस्ती पछि सिमा क्षेत्रमा बस्तुस्थिति सामान्य रहेको मोरङ प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published.