सर्वोदयमा ‘साँंस्कृतिक पोशाक ’ अनिवार्य

दमक,९ जेठ । दमक -५ स्थित हरि ऊँ कोलनी मार्गमा रहेको सर्वोदय अंग्रेजी बोर्डिङ स्कुलले सांस्कृतिक पहिरनको संरक्षण गर्ने उद्देश्यले महिनामा एक दिन ‘साँस्कृतिक पोशाक ’अनिवार्य गरेको छ ।
महिनाको पहिलो आइतवार शिक्षक, बिद्यार्थी, कर्मचारी समेतका लागि बिद्यालय पोशाक अनिवार्य गरेको हो । प्रिन्सीपल नविन योगीका अनुसार विद्यालयले अघिल्ला वर्षनै महिनाको एक दिन सांस्कृतिक पहिरचन शुरुवात गरिएपनि कार्यान्यन हुन सकेको थिएन् । तर यो वर्षको जेठ पहिलो आइतवारदेखि पुनः एक दिनका लागि थप पोशाक अनिवार्य लगाउने नियमको शुरुवात गरिएको उनले सुनाए ।
पहिचानको बिषय उठिरहेको र आ–आफनो जातीय पहिचान झल्किने साँस्कृतिक पोशाकको महत्व बढदै गएकाले विद्यार्थीलाई त्यसका बारेमा जान्न बुझन सजिलो हुने अपेक्षा राखिएको प्रिन्सिपल योगीले बताए । बिद्यार्थीहरुले पढ्ने नभई सिक्ने थलोका रुपमा बिद्यालयलाई लिइन्छ , त्यही मान्यता अनुसार बिद्यार्थीलाई सिकाउन पहिला शिक्षक,कर्मचारीलेनै साँस्कृतिक पोशाक लगाउनु अनिवार्य गरिएको बिद्यालयले जनाएको छ । ‘आफनो जाति तथा इच्छाएको संस्कृतिमूलक पोशाक लगाउन पाउँदा बिद्यार्थी अभिभावकहरु पनि खुशी देखिनु भएको छ ’ प्रिन्सिपल योगीले भने । विद्यालयमा पढ्ने संगै सिक्ने ,सिकाउने थलोका रुपमा विकास गर्न महिनाका एक दिन भएपनि पोशाकमा पनि नयाँ अभ्यासको शुरुवात गरिएको उनले जानकारी दिए । बिद्यालयमा अन्य दिनका लागि तोकिएको बिद्यालय पोशाक लगाएर शिक्षक, बिद्यार्थीहरु आउने गरेका छन ।
विद्यालयले कक्षा सञ्चालन अघि एसेम्ली बेला त्यस पोशाकको महत्वका बारे विद्यार्थी स्वयमले जानकारी दिने कार्यतालिका मिलाईएको छ । पाठ्यपुस्तकका कतिपय विषय सामाग्रीलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन यस्तो व्यवस्था गरिएको प्रिन्सीपल योगीले बताए । उनले भने, –‘यो व्यवस्थाले हाम्रा सांस्कृतिक पहिरन, भेषभूषाको महत्वलाई उजागर गराउने छ ’ । बिद्यार्थीहरुमा सानैदेखि आफनो संस्कार संस्कृतिसँगै साँस्कृतिक बिषयहरुमा जानकारी हुने अवसरका रुपमा यसलाई उपयोग गर्नु सकारात्मक पक्ष भएको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भटटराईको प्रतिक्रिया छ । यस किसिमको अभ्यास जुनसुकै बिद्यालयले गरेको भएपनि त्यो प्रशंसनिय बिषय भएको उनको बुझाई छ ।
२०६४ सालदेखि सञ्चालनमा आएको सो विद्यालयमा ३० जना शिक्षकसहित ४३ जना कर्मचारी छन् । कक्षा १० सम्म पठनपाठन हुदैआएको विद्यालयमा अहिले ७०३ जना विद्यार्थी अध्ययनरत छन् । सिक्ने स्कूलका रुपमा आफनो परिचय दिदैआएको यस विद्यालयले विद्यालय पोशाकमा पनि नयाँ पन दिएपछि अभिभावक स्वम सन्तुष्टि छन् । पत्रकार समेत रहेका विद्यालयका अभिभावक बिमल लामिछाने सर्वोदय स्कुल दमकका राम्रा भनिएका बोर्डिङ स्कूलहरु भन्दा हरेक विषयमा कुनै कमी नभएको ठान्छन् । गुणस्तरिय मात्र नभएर व्यवहारिक शिक्षा जोड दिने गरि विद्यार्थी उत्पादन गराउने यस स्कूलको लक्ष्य उदाहरणीय भएको उनको बुझाई छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन ( प्याव्सन ) झापाका सचिव समेत रहेका प्रिन्सीपल योगी शिक्षक,विद्यार्थीको प्रयास र अभिभावकको सदैव साथ ,सहयोगका कारण विद्यालयले फड्को मार्दे गएको दावी गर्छन् । प्याव्सन भित्र दमकमै पहिलोपटक विद्यालयमा नर्सिङ , स्काउटको व्यवस्था गरेर सर्वोदय अव्वल सावित गर्न सफल हुदै गएको उनको बुझाई छ ।

 

Leave a Reply

Your email address will not be published.