दमकमा जेसीज सप्ताह शुरु, विभिन्न कार्यक्रम मनाईदै

दमक,४ जेठ । दमकमा जेसीज सप्ताह शुरु भएको छ । जेसीज सप्ताह अन्तर्गत बुधबार औपचारिक उद्घाटनसहित सडक दुर्घटना न्यूनीकरण सचेतना , विद्यार्थीका लागि आखाँ परीक्षण तथा प्रविधिको बढ्दो लत सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको महासचिव रामचन्द्र अधिकारीले बताए ।
उनका अनुसार दमकको बसपार्क परिषरमा आयोजित जेसीज सप्ताहको प्रदेश सांसद तारा ढकालले उद्घाटन गरेकी थिइन् । उद्घाटनमा प्रमुख अतिथि ढकालले सडक दुर्घटना न्यूनीकरण सवैको साझा दायित्व हुनुपर्ने माथि चर्चा गदैं जेसीज सप्ताह कार्यक्रमको सफलताको शुभकामना राखेकी थिइन् ।
उद्घाटनमा ट्राफिक कार्यालय दमकका प्रमुख प्रहरी नायव निरीक्षक सुन्दर श्याम पोख्रेलले दमकमा सडक दुर्घटनाका अवस्था तथा भईरहेको गतिविधिका बारेमा जानकारी दिएका थिए ।
दमक जेसीजका अध्यक्ष मुकेश अग्रवालको अध्यक्षतामा भएको सप्ताह उद्घाटनमा दमक -६ का वडाअध्यक्ष टेकबहादुर थापा, ७ का वडाअध्यक्ष भिमप्रसाद पौडेल,दमक जेसीज बोर्ड अफ ट्रष्टका अध्यक्ष लोकबहादुर अधिकारी, दमक जेसीजका संस्थापक सदस्य पदम कोइराला, पूर्व अध्यक्षहरु, जेसीज सदस्य, स्काउट तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
उद्घाटनपछि कार्यक्रम अन्तर्गत बसपार्कमा गुड्ने सवारीका चालक तथा सहयोगी मजदुरलाई सडक दुर्घटना न्यूनीकरण सम्बन्धी ट्राफिक नियमको पालना सम्बन्धी पर्चासहित अभिमुखीकरण समेत गरिएको थियो ।
त्यस्तै, कार्यक्रम अन्तर्गत बुधबारनै दमक -८ स्थित जनता आधारभूत विद्यालयमा एक कार्यक्रम गरि त्यहाँका दुई सय बढी विद्यार्थीको आखाँ परीक्षण गर्नुका साथै डिजीटल प्रविधिको लतले सामाजिक जीवनमा पुरयाँउने असरका बारेमा सचेतनामूलक अभिमुखीकरण समेत प्रदान गरिएको थियो ।
बार्षिक कार्यक्रम अन्र्तगत दमक जेसीजले बुधबारसम्म तीन दिन विभिन्न कार्यक्रम गरि समुदाय केन्द्रीत कार्यक्रम गरि सम्पन्न गरिने दमक जेसीजका कार्यकारिणी उपाध्यक्ष समेत रहेका जेसीज सप्ताह कार्यक्रमका संयोजक सहदेव भटटराईले बताए । सप्ताह अन्तर्गत आज विहिबार दमक जेसीज चौंकमा सरसफाई तथा डस्विन वितरण , दमक -४ को बशिष्ट संस्कृत विद्यापीठका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिने कार्यक्रम रहेको छ । त्यस्तै, आज दिउसो १.३० वजेनै दमक -९ स्थित सरस्वती माविका छात्रा विद्यार्थीहरुलाई लक्षित गरि स्वास्थ्य सचेतनासहित सेनेटरी प्याड हस्तान्तरण गरिने कार्यक्रम रहेको त्यस कार्यक्रमकी संयोजक चेतना निरौलाले बताईन् ।
अध्यक्ष अग्रवालका अनुसार शुक्रवार समापन हुने जेसीज सप्ताहमा विहानीपख दमक -५ स्थित वेष्ट फूटसलमा मैत्रीपूर्ण फूटसल तथा दमक -८ स्थित केवीआर होटलमा लागूपदार्थको लत,रोकथाम सम्बन्धी सचेतनासहित औपचारिक रुपमा समापन कार्यक्रम राखिएको छ ।

Leave a Reply

Your email address will not be published.