दमक, १ जेठ । साहित्यकार तथा सिर्जनशील अभियन्ता धनकुटे कान्छा नइ कीर्ति रत्न अलङ्कारबाट विभूषित भएको छ।नइ प्रकाशन काठमाडौंले शनिवार राजधानीमा एक समारोहका युवा साहित्यकार धनकुटेलाई उक्त विभूषित गरेको हो । नेपाली भाषा,साहित्य, कला,संस्कृतिको क्षेत्रमा पुर्याएको योगदान पुरयाँएवापत उनलाई नइ कीर्ति रत्न अलङ्कारबाट विभूषित गरिएको जनाईएको छ ।
उक्त विभूषण आयामेली कवि एवम मुन्धुमविद वैरागी काँइलाले प्रदान गरे । कार्यक्रममा महासमालोचक प्रा. डा. वासुदेव त्रिपाठी, खोजअनुसन्धानकर्ता मुकुन्दरण उपाध्याय, गौरवी नारी भद्राकुमारी घले लगायत लब्ध प्रतिष्ठित व्यक्तित्वको उपस्थिति रहेको थियो।
प्रकाशनकी अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षता र सदस्य सचिव नरेन्द्रराज प्रसाईको सञ्चालनमा सम्पन्न कार्यक्रममा नइ कीर्ति समेत लोकार्पण गरिएको थियो।
विभूषित साहित्यकार धनकुटे ३ दशकभन्दा लामो समयदेखि भाषा,साहित्य, कला,संस्कृति र शिक्षाको क्षेत्रमा अभियन्ताका रुपमा क्रियाशील छन्। उनका ४ ओटा कृति प्रकाशित छन्। उनले खोज कृतिहरुको अनुसन्धान तथा सम्पादन समेत गरेका छन्। त्यस्तै, उनले बालबालिकाको क्षेत्रमा समर्पित बाल साहित्यिक प्रकाशनको सम्पादन समेत गरेका छन्।दमकमा स्थायी बसोबास गर्ने उनी नेपालमा सबैभन्दा पहिलो चराका आवाज निकाल्ने उनी कलाकार समेत हुन। भा