चाङे- ताप्लेजुङ एकता समाजको दमकमा रक्तदान , ४७ पिन्ट रगत संकलन

दमक,१५ बैशाख । चाङे ताप्लेजुङ एकता सम्पर्क समाजले दमकमा शुक्रबार आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४७ पिन्ट रगत संकलन भएको छ ।दमक चोकमा आयोजित रक्तदान कार्यक्रममा ७ महिलासहित ४७ जनाले रक्तदान गरेका समाजका कार्यसमिति सदस्य देउमान साम्रा लिम्बूले जानकारी दिए । दमक ७ का वडाध्यक्ष्य एवं दमक –ताप्लेजुङ सम्पर्क मञ्चका अध्यक्ष भिम प्रसाद पौडेलको प्रमुख आतिथ्यता र आयोजक संस्थाका अध्यक्ष बिजय आङबुहाङको अध्यक्षतामा भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको रक्त सञ्चार सेवा केन्द्रको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रमको संयोजक संस्थाका संस्थापक अध्यक्ष प्रकाश आङबुहाङ रहेका थिए ।रक्तदाताहरुलाई प्रंशसाम स्वरुप फूलको विरुवा प्रदान गरिएको थियो ।
समाजले बिगत केही बर्ष यता पुख्यौली ताप्लेजुङको चाङे घर भई हाल झापा ,मोरङ लगायत विभिन्न ठाउँमा बसोबास गर्दै आएका सर्वसाधारणलाई एकताको सुत्रमा बाध्ने काम गर्दै आफ्नो पुरानो थाकथलोमा समेत विभिन्न सामाजिक योगदान दिदै आएको अध्यक्ष आङ्बुहाङले जानकारी दिए । कार्यक्रम सफल बनाउन अलो इन्जिनियरिङ , आराआरडीपी इन्जिनियरिङ एन्ड कन्सट्रक्सनले बिशेष सहयोग पुरयाँएको थियो ।

Leave a Reply

Your email address will not be published.